अन्नपूर्ण गाउँपालिका भलिबल संघको अध्यक्षमा ‘अमृत’
कास्की | असार १५, २०७९
कास्की: अन्नपूर्ण गाउँपालिका अन्तर्गत भलिबल संघको अध्यक्षमा अमृत लामा गुरुङ निर्विरोध चयन भएका छन् ।
आइतबार कास्की जिल्ला भलिबल संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनको संयोजकत्वमा बसेको भेलाबाट लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ नेतृत्वको ११ सदस्यीय समित गठन गरिएको हो ।
गुरुङको नेतृत्वमा बनेको कार्यसमितिको उपाध्यक्षमा भलिबल खेलाडी अनिल घमाल, सचिवमा अतित गुरुङ, सह–सचिवमा जिवन सापकोटा र कोषाध्यक्षमा श्याम गुरुङ चुनिए ।
यसैगरि सदस्यमा गम बहादुर गुरुङ, हरिचन्द्र सुनार, मनोज गुरुङ, ईश्वर गुरुङ, विष्णुबहादुर गुरुङ र शिव कुमार पौडेल चयन भए ।
उक्त कार्यसमितिको कार्य अवधि ४ वर्ष रहने नवनिर्वाचित अध्यक्ष लामा गुरुङले जानकारी दिए । उक्त टिमलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु केसी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरुङ तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
प्रत्येक वर्ष गाउँपालिका कप गर्छाैं: अध्यक्ष गुरुङ
शपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष अमृत लामा गुरुङले गाउँपालिकाको मात्रै नभई सिङ्गो भलिबलको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाए ।
उनले विगतमा आफ्नो फाउण्डेशनमार्फत विभिन्न सामाजिक कामसँगै भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको बताउदै आगामी दिनमा समेत खेलकुदको गतिविधिलाई निरन्तरता दिने बताए ।

उनले प्रत्येक वर्ष गाउँपालिका कपको आयोजना गर्ने बताउदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । ‘गाउँपालिका भित्रका वडाहरुबीच हामीले भलिबल प्रतियोगिता गर्छौं, उनले भने, ‘उक्त कपबाट खेलाडी छनोट भएर गाउँपालिकामा जान्छ यसैगरि जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने सकिन्छ भन्ने उद्देश्य छ । हामी त्यही अनुरुप अघि बढ्नेछौं ।’
उनले अन्नपूर्ण गाउँपालिका आफैमा पर्यटकीय ठाउँ रहेको उल्लेख गर्दै खेलकुदको माध्यमबाट गाउँपालिकाको परिचय फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

